समाचार

नेपालमा कोरोना भाइरस संक्रमित थप एकको मृत्यु

सिन्धुली, १६ जेठ २०७७
नेपालमा कोरोना भाइरस संक्रमित थप एकको मृत्यु भएको छ । यो संगै नेपालमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटैमा मृत्यु भएका एक युवकमा कोरोना पुष्टि भएको हो । युवकको अन्त्येष्टि गरिएको पाँच दिनपछि रिपोर्ट पोजिटिभ आएको हो ।

मृतकको स्वाब जेठ ११ गते नै सङ्कलन गरी प्रादेशिक प्रयोगशाला, बुटवल पठाइएकोमा मृतकको रिपोर्ट पोजिटिभ देखिएको उहाँले जानकारी दिनुभयो ।

Comment here