सिन्धुली, १५ जेठ २०७७
छिमेकि जिल्लाहरुमा कोरोनाको संक्रमण दर उच्च दरमा बढि रहेको भन्दै जिल्लामा नै पिसिआर जाँच गर्ने ल्यावको स्थापना गर्न पहल सुरु भएको छ ।
आज जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले पिसिआर जाँच गर्नका लागि आवश्यक पर्ने उपकरण सहितको ल्याव स्थापनाका लागि सामाजिक विकास मन्त्रालय वागमती प्रदेश हेटौडामा अनुरोध गरिएको छ ।
उक्त ल्याव स्थापना गर्न जिल्ला भुसंरक्षण भवनलाई कोभिड–१९ को प्रयोगशालाको रुपमा परिणत गर्ने निर्णय गरिएको छ । जिल्लामा भारत लगाएतका स्थानबाट जिल्लामा फर्कने क्रम बढिरहेकाले नगरपालिकाको हकमा कम्तिमा ५०० र गाउँपालिकाको हकमा २०० वेडको न्युनतम सुविधा सहितको क्वारेन्टाइन वनाउन अनुरोध गर्ने निर्णय गरेको छ ।
जिल्लामा हाल ३३ वेडको अइसोलेसन र क्वारेन्टाइन वेडको संख्या २५९ रहेको छ । सदरमुकाममा न्युनतम ५० वेड संख्या थप गर्न सम्बन्धित सवै पालिकामा अनुरोध गर्ने निर्णय गरिएको छ । कोरोना भाइरसबाट बच्न आवश्यक पर्ने स्वास्थ्य सामाग्रिहरुको अभाव हुन नदिन सामाजिक विकास मन्त्रालय हेटौडालाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
Comment here