साहित्य

फुलवारी

फुलवारीमा हेर कति
राम्रा फुल फुल्दछन
त्यै फुललाई देखेर
भवरा धेरै डुल्दछन ।

फुल देखी मौरी पनि
आउछन घरी घरी
मेरो सानो फुलवारीमा
फुल छन थरी थरी ।

मलाई पनि फुलवारीमा
रोप्न मन छ बिरुवा
फुल्दैन फुल नभैइकन
घाम पानी अनि हावा ।

आह ! हेर फुलवारीमा
सयपत्री कति फुलेको
त्यही फुललाई हेरेर
मेरो मन भुलेको ।

लौ हेर न साथीभाइ
कति राम्रो फुलवारी
फुल बगैंचामा घुम्दछन
हेर मौरी वारि पारी ।

फुलको रस चुसेर
मौरीको मह बन्दछ
मह खादा कति मीठो
हाम्रो शरीर बन्दछ ।

#सचिन_राज_दाहाल
कक्षा-५
सिन्धुली
२०७७/०२/११

Comment here