आर्थिक

बाणिज्य वैंक शाखा कपिलाकोटद्धारा सेवाग्राहिलाई निःशुल्क मास्क वितरण

सिन्धुली, १५ जेठ २०७७

राष्ट्रिय बाणिज्य वैंक शाखा कपिलाकोटले सेवाग्राहीलाई निःशुल्क मास्क प्रदान गर्दै आई रहेको छ । सेवा लिन आउने सेवाग्राहीले मास्को प्रयोग नगरेपछि सवै सेवाग्राहिलाई मास्क प्रदान गर्दै आई रहेको हो ।

शाखा प्रबन्धक सरोज प्रसाईका अनुसार बैकले असार मासन्त सम्ममा सेवा लिन आउने सेवाग्राहिलाई सर्जिकल मास्क उपलब्ध गराउने छ । उहाँले भन्नुभयो ‘बैंकमा सेवा लिन आउने सेवाग्राहीलाई सुरुमा सावुन पानीले हात धुन लगाइन्छ, मास्क दिईन्छ, सेवा लिन प्रवेस गर्दा पनि सामाजिक दुरी कायम गरि स्यानिटाइजर पनि लगाउन दिई सेवा प्रदान गरिन्छ ।’

वित्तिय संस्थाहरुले पनि सामाजिक उत्तरदायित्व बहन गर्नु पर्ने हुन्छ जुन हामीले गरि रहेका छौ उहाँले भन्नुभयो । कोरोना भाइरसको त्रास र संक्रमण दुवै बढ्दो अवस्थामा रहेकाले बैंकले सेवा लिने र सेवा दिने दुवैलाई सुरक्षित तरिकाले सेवा प्रवाह गरि रहेको उहाँको भनाई रहेको छ । बैंकमा अर्कोपटक सेवा लिन आउदा अनिवार्य रुपमा मास्क लगाएन आउन सेवाग्राहिलाई आग्रह गरिदै आएको उहाँको भनाई रहेको छ ।

हरेक सोमबार र बुधबार मात्र बैंकले कारोबार गर्ने हुदा एक दिनमा  एक सय भन्दा बढी सेवाग्राही सेवा लिन आउने गरेको वैंकले जनाएको छ । बैकले गरेको गतिविधिले सर्वसाधारणमा व्यक्तिगत सरसफाई र सामाजिक दुरी कायम गर्ने बानिको विकास गर्ने अपेक्षा गरिएको छ ।

 

Comment here