बागमतिसमाचार

मरिणमा हावाहुरीले दुई वडा कार्यालय सहित ८५ घरको छानो उडायो

बासु मैनाली

सिन्धुली, १४ जेठ २०७७

सिन्धुलीको मरिण गाउँपालिकामा मंगलबार राती आएको हावाहुरीले दर्जनौ घरको छाना उडाएको छ । निरन्तर चलेको हावाहुरीले दुई वडा कार्यालय सहित ८५ घरको छानो उडाएको हो ।

मरिण गाउँपालिकाले दिएको जानकारी अनुसार वडा नं. २ को सखौरे र वडा नं. ४ को साहानमा रहेको वडा कार्यालयको छाना उडाएको छ । हावाहुरीले छाना उडाएपनि मानविय क्षती भने नभएको गाउँपालिकाले जनाएको छ ।

यस्तै मरिण गाउँपालिकामा हाल सम्म ८५ घर परिवारको को हाराहारीमा घरको छानो उडाएको गुनासो आएको गाउँपालिकाले जनाएको छ । तिव्र वेगका साथ निरन्तर आएको हावाहुरीले के कति क्षती ग¥यो भन्ने पुरै विवरण भने आई नसकेको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो ।

हावाहुरीका कारण समस्यामा परेका घरपरिवारलाई जस्तापात लगाएतका आवश्यक सहयोग सामाग्रिहरु गाउँपालिकाको तर्फबाट तत्कालै उपलब्ध गराईने उहाँको भनाई रहेको छ । हावाहुरीका कारण कुनै पनि परिवार पीडित भएको भएमा नजिकको प्रहरी तथा जनप्रतिनिधिलाई जानकारी गराउने उहाँले आग्रह गर्नुभयो ।

Comment here