समाचार

दिपावली गर्न प्रशासनको आग्रह

सिन्धुली, १४ जेठ २०७७

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले तीन दिन दिपावली गर्न आग्रह गरेको छ । जेठ १५ गते मनाईने गणतन्त्र दिवसको अवसरमा दिपावली गर्न आग्रह गरेको हो ।

आज सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाले जारी गर्नु भएको शुभकामना मार्फत सम्पुर्ण कार्यालय लगाएत आम नागरिकलाई नेपाल सरकारको निर्णय अनुसार जेठ १४, १५ र १६ गते तीन दिन साँझ दिपावली गर्न अनुरोध गरिएको छ । गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै, विगतमा औपचारिक कार्यक्रमको आयोजना गरि गणतन्त्र दिवस मनाउदै आएकोमा यस बर्ष कोरोना भाइरसका कारण असम्भव भएकाले दिपावली गर्न आग्रह गरिएको हो ।

उक्त शुभकामना मार्फत ‘कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जिल्लाबासिले हाल सम्म निर्वाह गरेको महत्वपूर्ण भूमीकाको मुक्त कण्ठले प्रशंसा गर्दै हार्दिक आभार व्यक्त गर्दछौ’ शुभकामनामा उल्लेख गरिएको छ ।

साथै आगामी दिनमा लकडाउनको पूर्ण पालना गर्दै कोरोना भाइरसको संक्रमण हुन नदिन सचेत हुनु र अत्यावसेक काम बाहेक घर बाहिर ननिस्कनुहुन, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिई सामुहिक क्रियाकलाप नगर्न र नगराउनुहुन अनुरोध गरेको छ ।

Comment here