समाचार

चट्याङबाट सिन्धुलीमा एकको मृत्यु

सिन्धुली, १४ जेठ २०७७

सिन्धुलीमा आज बर्षासंगै परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका ४ देउराली बस्ने अन्दाजि ४२ बर्षिय बासु सापकोटाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिका ६ रातमाटामा मोहन सापकोटाको घर तेस्रो तल्ला ढलान गर्ने क्रममा उहाँलाई चट्याङको झट्काले लागेको थियो । त्यसपछि घरबाट खस्दा घाईते हुनु भएका बासुको उपचारको लागि सिन्धुली अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here