साहित्य

मैले श्रम बेचेकी हुँ,नागरिकता हैन

मैले श्रम बेचेकी हुँ,नागरिकता हैन१
तिमीसँग हात पसारेर मागेको भात
न त मेरा पुर्खाले खाए,न त म खान्छु,
तिम्रो जस्तो गुलाम भएर पाउने जात
न मेरो राज्यले पायो न म स्वीकार्छु१
मैले मेरै श्रमका पसिना पोख्दै
पसिनासँग भात साटेकी हुँ
मेरो नागरिकता र स्वाभिमान साटेकी हैन।
म न चिनियाँ हुँ,न भारती
म हजारौँ वर्ष स्वतन्त्र देश नेपाल कि छोरी,
आफ्नो अस्मिताको प्रश्न उठिरहँदा
अग्निमा हामफालेर परिचय दिलाउन सक्ने
माता सीताकी भदैनी हुँ१
केवल तिम्रा बजारमा खड्किएको अभावमा
नेपाली सिप र क्षमता निडर र निस्फिक्री पस्किएकी हुँ,
छातीमा चन्द्र सुर्यको सान
अनि शिरमा सगरमाथा र गौतम बुद्द बोकेर
भारतिय श्रम बजारमा उदाएँ
आफ्नो कलाकारिता द्दारा
तिम्रा मन जितेँ१
यो नठान मैले राष्ट्रभक्ती बेचेकी हुँ
मेरो करियर रहोस् या नरहोस्,
मलाई भारतियले पत्याउन् नपत्याउन्
मेरो नेपाललाई
मेरो खाँचो पर्यो भने सम्झ
पहिलो पंक्तिमा म र मजस्तै राष्ट्र प्रेम उभिनेछौँ
र,
तिम्रा गोलिका खोका मेरै मुटुनेर छरिने छन्
अनि
मेरो मुहार हेर किन्तु विचलित हैन
हाँसेर सुनकोशिको पानी पिउँदै हराउनेछु,
तिम्रा सिनेमाको पर्दामा मैले आफ्नो अस्तित्व
बेचेकी छैन,
धन सम्पती लोभ लालचमा
निर्लज्ज स्वार्थहरु बिक्लान्,
गर्भमै नेपालको पानी पिउनेहरु बिक्दैनन्
बरू मर्न अघिल्लो मोर्चामा गोलबन्द हुन्छन्१
मलाई राम्ररी थाहा छ,
मेरा हजुरबाले
तिम्रा कुरा मानेका भए आठ वर्ष जेल जाने थिएनन्,
न त सत्ताबाट अपदस्थ नै हुने थिए,
तिम्रो नेपाली क्याबिनेटको बैठकमा
उपस्तिथिती पाउने माग
मेरा बाजेले ठाडै अस्वीकार गरेका थिए,
म त्यही बाजेको नातिनी हुँ,
जसलाई तिमिले काखमा लिएर
गलामा सेर्थ्यौ १
त्यसैले मेरो ईतिहास खोज ,
खुलेआम बोलिरहेको छ मेरो पृष्ठभुमि
कदापी हिम्मत नगर,
म सजिलै किनिने र बेचिने
बजारको तरकारी हैन,
स्वाभिमानि नेपाली हुँं
नेपाल आमाकि छोरी हुँ
म मेरो देशको निम्ति बिना वर्दिको सिपाही हुँ
आवश्यक परे मेरो रगत त्यहीँ बग्नेछ
जहाँ मेरा अग्रजले बगाए।।।
प्रस्तुती अधिकारी
कक्षा : दश

Comment here