बिचार

अनेरास्ववियू सत्ता वाहिरको प्रतिपक्ष संगठन हो

यो कदापी सरकारको भरिया संगठन हुन सक्दैन । हरेक सरकारको राम्रो कामलाई समर्थन गर्ने र गलतलाई गलत भन्ने सामार्थ्य राख्ने अनेरास्ववियूको गरिमामय विरासतलाई हामीले भूल्नु हुदैन । हरेक कालखण्डका सरकारलाई गलत कुरामा चेतावनी दिनसक्ने र सहि ट्र्याकमा ल्याउन सक्ने उर्जाशिल संगठनलाई आज नेताहरुवाटै गोजीका सामान बनाईएको सन्दर्भमा देशैभरका नेता कार्यकर्ताहरुले गम्भीर भएर सोच्नुपर्ने वेला आएको छ । हाम्रो विरासतलाई के लम्पसारवादले उठन नै नसक्ने वनाईसकेको हो त ?

विशेष गरी निरंकुश पञ्चायती कालखण्डमा नेपाली राजनैतिक दलहरु प्रतिबन्धित भएको कारण पार्टीहरुले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको समयमा विद्यार्थी संगठनहरुले पार्टीको रुपमा आफूलाई उभ्याउँदै जनताको माझमा चेतना, संगठनको विकास र विस्तारमा क्रियाशिल भूमिका खेलेका थिए । यसरी राजनैतिक गतिविधि सञ्चालन, संगठन र कार्यशैलीमा विद्यार्थीहरुको भूमिका अतुलनीय छ । जुन कुरालाई हामीले निरन्तरता दिन आवश्यक छ ।

जनजीविकाका सवालमा गरेका कार्यहरु :
नेपाली वाम विद्यार्थी संगठनहरुले जनजीविकाका सवालमा निरन्तर आवाज बुलन्द गर्दै आएका छन् । महँगी, भ्रष्टाचार र पेट्रोलियम पदार्थको मूल्यबृद्धिको बिरोधमा पटक–पटक वाम विद्यार्थी संगठनहरुले आन्दोलन गरेका छन् ।

विद्यार्थीको हकअधिकारको सवालमा वाम बिद्यार्थी संगठन अझ विशेष गरी अनेरास्ववियुले आफ्नो स्थापनाकालबाट नै संघर्ष गरेको छ र सफलता पनि प्राप्त गरेको छ । सार्वजनिक यातायातमा बिद्यार्थीहरुलाई ४५ प्रतिशत छुटको व्यवस्था र सरकारबाट विना व्याज शैक्षिक ऋणको व्यवस्था गर्न सक्नु नै सबै भन्दा ठूलो उपलब्धी रहेको छ । जसलाई अझ वृहत वनाउन भने दवाव दिन आवश्यक देखिएको छ । यसरी जनजिविकाका लागि धेरै संघर्ष गर्‍यो । ठूलो त्याग, तपस्या र वलिदानी रचेको छ ।

शैक्षिक एजेण्डा मा हामी कुन स्थानमा छौ ?

देशभित्रका सिंगो वाम बिद्यार्थी संगठनहरुको मुख्य लक्ष्य जनवादी शिक्षा प्राप्ति नै यो यसमा कुनै विवाद छैन । यस लक्ष्यमा हाम्रो यात्रा आज कहाँ पुग्यो रु के हामीले यसमा सफलता प्राप्त गर्न सक्यौ त रु पहिलो संविधानसभा निर्वाचन पछि नेपालमा पटक पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार गठन भए पनि जनवादी शिक्षा प्राप्तिको लागि वाम विद्यार्थी संगठनहरुले पूर्ण रुपमा लागू गराउन सकेका छैनन । यसको जिम्मेवारी सबै वाम बिद्यार्थी संगठनहरुले लिनु पर्छ अझ विशेष गरी ठूला वाम विद्यार्थी संगठनको हैसियतले अनेरास्ववियूले लिनुपर्दछ । यसर्थ हाम्रै काधमा छ अवको शिक्षा कस्तो कुने र कसरी कार्यान्वय गराउने ।

किन हामी हाम्रो लक्ष्य सम्ममा पुग्‍न ढिलो गरिराको छौ त ?

नेपालमा कहिल्यै पनि पूर्ण क्रान्ति सफल भएन । जसकारण हामीले देशमा विद्यमान व्यवस्थापन परिवर्तन गर्न वारम्वार राजनैतिक अधिकारका निम्ति लड्नुपरेको कारण, अस्थिर सरकार सँगै हाम्रा एजेण्डा लागू गर्न सकेनौ, वैचारिक स्खलितताको कारण, एजेण्डामा समान धारणा र वुझाइ कायम गर्न नसक्नु र मुख्य गरी विचार भन्दा पनि व्यक्तिको गुटको कारण अनि सरकारको वा पार्टीको प्रवक्ताको भरिया वोक्नुपर्ने वाध्यताको कारणले गर्दा हामीले हाम्रो लक्ष्यमा पुग्न वाधा अवरोधहरु देखा परेका छन,, यो कुरा सत्य हुन ।

अवको यात्रामा के गर्न सकिन्छ ?

कुनै व्यक्ती, सत्ता र शक्तीको उन्मातमा रहेर हामी कतिन्जेल सम्म अगाडी वढ्न सक्छ रु एकदिन त यथास्थानमा आउनै पर्छ । त्यसकारण हामीले हाम्रो शैक्षिक एजेण्डाको वहसलाई घनीभूत रुपमा लागू गर्न आउने बजेटमा हामीले उठाएका विद्यार्थी अनुकुलका कार्यक्रम र शैक्षिक मुद्दालाई सम्वन्धीत शिक्षा मन्त्रालय र सरोकारवालाहरुमा लकडाउनको यस परिस्थितिमा समायानुसारको ध्यानाकर्षण सहितको दवाव दिन आवश्यक छ । नछुटुन हाम्रा शैक्षिक नाराहरु । नलुकुन हाम्रा रगतले ल्याएका कार्यक्रमहरु । समय अनुसारको प्राविधिक शिक्षा लागू गर्न अनेरास्ववियूले निरन्तर जोड दिदै आएको छ जुन निरन्तरता दिनुपर्छ । दक्ष जनशक्ति उत्पादन गर्ने र शैक्षिक वेरोजगार उत्पादन गर्ने शिक्षालाई परास्त गर्ने काम हामीले गर्नुपर्नेछ ।

भानुभक्त श्रेष्ठ
(सह-संयोजक)
अनेरास्ववियू (ANNISU) सिन्धुली ।

Comment here