सिन्धुली, १० जेठ २०७७
सिन्धुली जिल्लामा गत चैत्र महिनामा स्थगीत भएको दादुरा रुवेला खोप अभियान सुरु भएको छ । रोकिएका स्थानीइ तहहरुमा पुनः खोप सञ्चालन भएको छ । बन्दाबन्दीका कारण रोकिएको खोप पुनः बन्दाबन्दिकै विचमा सुरु भएको हो ।
रोकिएका स्थानीय तहहरु कमलामाई नगरपालिका, दुधौली नगरपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिकामा अभियान सुरु भएको हो । यि स्थानीइ तहरुमा जेठ ९ गते देखी १७ गते सम्म सञ्चालन हुने छ ।
यस अभियानमा ९ महिना देखि ५ बर्षमुनिका सवै बालबालीकाहरुलाई आ–आफ्नो बालबालीकाहरुलाई नजिकैको खोप केन्द्रमा लगेर दादुरा रुवेला रोग विरुद्धको खोप लगाउन स्वानस्थ्य कार्यालय सिन्धुलीले अनुरोध गरेको छ ।
Comment here