विदेश

विमान दुर्घटना कम्तिमा ९९ जनाको मृत्यु

काठमाडौँ, ९ जेठ २०७७

कराँचीमा विमान दुर्घटना हुदा विमानमा सवार सबैको मृत्यु भएको छ । पाकिस्तानको लाहोरबाट कराँचीतर्फ उडेको विमान विमान दुर्घटनामा परेको थियो ।

यात्रुवाहक हवाइजहाज दुर्घटना हुँदा कम्तिमा ९९ जनाको मृत्यु भएको छ । अन्तरााष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तानको कराचीबाट उडान भरेको पाकिस्तान अन्तराष्ट्रिय वायुसेवाको एयरबस ए ३२० प्राबिधिक त्रुटीको कारणले दुर्घटनाग्रस्त भएको हो ।
पाकिस्तानका वायुसेवा निगमका प्रवक्ता अब्दुल्लाह खानले सीएनएनसँगको कुराकानीमा विमान दुर्घटना हुनुअघि चालकले प्राबिधिक त्रुटीबारे जानकारी गराएको बताउनुभएको छ ।

विमान कराचीको आवासीय क्षेत्रभित्र दुर्घटना भएको हो । पाकिस्तानमा दुई महिनाको लकडाउनपछि गत् साता मात्रै घरेलु उडान सुरु भएको थियो । पाकिस्तानको लाहौरबाट उडान भरेको विमानमा ९९ यात्रु र नौ जना चालक दलका सदस्य सबार थिए ।

Comment here