साहित्य

टुहुरो हुनु मेरो नियती

तिमी खासाक खुसुक गरेको आवाज
मैले भोटेकोशिको मितेरी पुलबाट
सुनेको थिएँ
आमाकै गर्भाशय भित्र
वुहानको एक कुनामा तिमी थियौ
नाबिमा जीवन अड्याएर आमाको भुँडी भित्र म थिएँ
सुन्दै थिएँ
तिमी चिनको समृद्दी सँग हार्यौ रे!
अनि गएछौ अमेरिका र युरोप तिर मन बहलाउन
धर्तिमा निस्कनु मेरो रहर र वाद्यता थियो
प्लेन चड्नु पानी जाहाज चड्नु
अनि मानवका बुइ चड्नु तिम्रो
म माटो सगँ रमाउन सक्थ्य
तिमी मानव हृदयमा सुत्केरी हुन सक्छौ
कति गर्भधारण गर्यौ र कति
अबैध सन्तान पालन पोषणको चप्पेटामा
चोरबाटोबाट छिरेउ लेखा जोखा छैन
मेरो धर्तिमा पहिलो पाइला सगैँ
तिम्रो उदय भएछ मेरै खुशिको सन्सारमा
मेरो प्रशबको पिडामा छटपटाउँदै गरेकी आमा
तिम्रो रोजाइको पात्र बनिछन्
मेरि आमाको म दूध पिउँथेँ,न्यानो आलिङ्गन भित्र निदाउथेँ
मलाई बन्चित गराएर तिमिले खोसिदियौ
तिमी सानो छौ रे म भन्दा धेरै गुणा
तर
तर म एक्लै जन्मिएँ
तिम्रा करोडौ जन्म थेग्न धुकधुकी सम्म प्रयत्न गर्दागर्दै
आमाले प्राण छोड्नु भो
म मात्र नौ दिनको छु
थाहा छैन मैले पनि मेरि आमासंगै तिम्रो गर्भधारण गरे नगरेका कुरा
एउटा पिडित सन्तान स्तनपानको चपेटामा
आफ्ना छट्पटी पोख्तैछु
मलाई दूध दानिको निपुल सारो हुन्छ
मलाई निपुलको टुप्पो मुख भन्दा ठूलो हुन्छ
मलाई गाई भैसिको दूध बाक्लो र कडा हुन्छ
कसरी स्तनपान गरौ
मुख भित्र प्रसस्त घाउहरु छन्
नेपालको लिस्टमा पहिलो मृत्यु
मेरै आमाको बनायौ कोरोना
तीन करोडको माझमा मेरै आमाको
बीभत्स ज्यान लियौ
मलाई टुहुरो र एक्लो बनायौ
कमलामाई ५ गैँयाटार,सिन्धुली

Comment here