समाचार

नेपालमा ४२४८९ मा कोरोना जाँच गर्दा ५०७ जना संक्रमित

काठमाडौँ, ९ जेठ / नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या पछिल्लो पटक ५०७ पुगेको छ । थप २० जनामा भाइरसको संक्रमण भएको पुष्टि भएसंगै संक्रमितको संख्या पाँच सयबाट नाघेको हो ।

कोरोना भाइरस भए नभएको बारे हाल सम्म ४२ हजार ४२८ जनाको जाँच गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त परिक्षणबाट बाँकेमा १४, कैलाली ३, बैतडीमा १, डडेल्धुरा १ र मोरङमा एकजनालाई कोरोना सङ्क्रमित हुनु भएको छ ।

कोरोना भाइरसको संक्रमण पछि उपचार विधिबाट ७० जना निको हुनु भएको छ भने ३ जनाको मृत्यु भएको छ ।

विश्वभर जम्मा संक्रमितको संख्या ५२ लाख , १८ हजार ७११ पुगेको छ । कूल मृत्युको संख्या ३ लाख ३५ हजार ७२ पुगेको छ भने उपचार पछि २०लाख ९७ हजार १२९ जना निको भएका छन् ।

Comment here