समाचार

सिन्धुलीमा थप ७ जनाको पिसिआर नेगेटिभ

सिन्धुली, ९ जेठ २०७७

सिन्धुलीमा थप ७ जनामा पनि कोरोना नभएको पुष्टि भएको छ । सिन्धुलीबाट कोरोना भाइरस आरटिपिसिआ विधिबाट परिक्षण गर्न प्रादेशिक अस्पताल हेटौडामा पठाईएकोमा सवैको नतिजा नेगेटिभ आएको हो ।

बुधबार ७ जनाको स्वाव संकलन गरि परिक्षण गर्न पठाएकोमा सवैको नेगेटिभ आएको हो । यस्तै सिन्धुलीको कमलामाई नगरपालिका ९ पन्नेसि घर भएकी एक महिलालाई काठमाण्डौमा कोरोना संक्रमण भएपछि परिवारको सदस्यको समेत आज स्वाव संकलन गरि परिक्षण गर्न पठाईएको छ । आज थप ११ जनाको स्वाव प्रादेसिक अस्पताल हेटौडामा पठाईएको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोख्रेलले जानकारी दिनुभयो ।

अस अघि आरडिटि विधिबाट जाँच गर्दा पोजेटिभ आउने लगाएत अन्य गरि ५० जनाको नतिजा पनि पिसिआर जाँच गर्दा नेगेटिभ आएको थियो ।

Comment here