समाचार

सिन्धुलीमा ४७ जनाको पिसिआर जाँच, नतिजा नेगेटिभ

सिन्धुली, ८ जेठ २०७७

सिन्धुलीमा कोरोना भाइरसको परिक्षण आरडिटि विधिबाट गर्दा पोजेटिभ आएका केही व्यक्तिहरुको पिसिआर विधिबाट जाँच गर्दा नेगेटिभ आएको छ । ५० जनाको जाँच गर्न पठाएकोमा ४७ जनाको नेगेटिभ आएको र अरुको नतिजा आउन बाँकी रहेको छ ।

सिन्धुलीमा २७ जना को आरडिटि पोजेटिभ आएपछि अन्य व्यक्तिहरु गरि ५० जनाको स्वाव संकलन गरि परिक्षण गर्न प्रादेशिक अस्पताल हेटौडा पठाईएको थियो । बाँकी अरुको नतिजा आज आउने सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्न राजभण्डारीले जानकारी दिनुभयो ।

यसैविच काठमाण्डौमा संक्रमित महिलाको घर र गाउँ नै सिल गरिएको छ । महिलको घर सहित ५ घर सिल गरिएको हो । कन्ट्रयाक ट्रेसिङका आधारमा कमलामाई नगरपालिका वडा नं. ९ पन्नेसीमा उनको घर सहित ५ घर सिल गरिएको हो । महिलाका परिवारका ९ जना सहित ४१ जनालाई होम क्वारेन्टाईनमा सुरक्षित बस्न आग्रह गरिएको छ ।

Comment here