समाचार

महिला पत्रकारको कोरोना परिक्षण र विमा गरिने

सिन्धुली, ६ जेठ २०७७

सिधुलीमा फ्रन्टलाइनमा बसेर काम गर्ने महिला पत्रकारहरुको कोरोना परिक्षण र विमा हुने भएको छ । आज क्रियाशिल पत्रकार महिला जिल्ला शाखा सिन्धुलीको अनलाईन बैठकले कोरोना परिक्षण र विमा गर्ने निर्णय गरेको हो ।

आज भएको बैठकले संक्रमणका बेला सञ्चारकर्मीहरुको जोखिमलाई मध्यनजर गर्दै सिन्धुलीका क्रियाशिल सदस्यहरुको कोरोना परिक्षण र एक लाख बराबरको कोरोना विमा गर्ने निर्णय भएको क्रियाशिल पत्रकार महिला जिल्ला शाखा अध्यक्ष कृञ्जला पुलामीले जानकारी दिनुभयो ।

साथै बैठकले महामारीका समयमा सञ्चारकर्मीहरुका लागि क्वारेन्टाइनको व्यवस्था गर्न सञ्चारगृहलाई आग्रह गरिने निर्णय पनि गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसले विश्व नै प्रभावित भईरहेको अवस्थामा यसबाट पत्रकारहरु पनि अति नै जोखिममा रहने भएकाले सुरक्षित रहने विधि अप्नाई पेसामा क्रियासिल रहन समेत उहाँको आग्रह रहेको छ ।

Comment here