सिन्धुली, ६ जेठ २०७७
सिन्धुली घर भएका एक व्यक्तिमा पनि कोरोना भएको पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार सिन्धुली घर भएका एक पुरुषमा कोरोनाको संक्रमण भएको पुष्टि भएको हो ।
सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोख्रेलका अनुसार सिन्धुलीबाट स्वाव परिक्षण गर्न पठाईएको नतिजा भने यो हैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, थप २७ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । थप झापामा ९, मोरङमा १, सुनसरीमा १, सर्लाहीमा २, काठमाण्डौमा ३, मक्तपुरमा १, मकवानपुरमा १, रामेछापमा १, ललितपुरमा १, सिन्धुलीमा १, लमजुङमा १, कपिलपबस्ुतमा ४ र नवलपरासीमा १ गरि २७ जना संक्रमित थपिएका हुन् । संक्रमित संख्याको जिल्ला ३६ पुगेको छ । हाल सम्म ४०२ जना संक्रमित रहेका छन् । सवैको स्थायी ठेगानाका आधारमा हाल भै रहेको ठेगाना अनुसार कन्ट्याक टेसिङ गर्ने काम सुरु भै सकेको उहाँले जानकारी दिनुभयो ।
Comment here