समाचार

सुनकोसीमा दुई युवाको शव फेला

सिन्धुली, ६ जेठ २०७७ सिन्धलीको फिक्कल गाउँपालिका ५ मा सुनकोसीको किनारमा दुई युवाको शव भेटिएको छ । जेठ ४ गते आइतबार सुनकोसी नदीमा पौडी खेल्न जाँदा वेपत्ता भएका युवाको शव भेटिएको हो ।

आज फिक्कल गाउँपालिका ५ नारिम खोलाको दोभानमा १९ बर्षिय दिनेश बुढाक्षेत्री र फिक्कल गाउँपालिका ५ पंचकन्या स्थित सुनकोशि नदिको किनारमा २० बर्षिय बिश्वघ जनक बुढाक्षेत्रीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक श्यमबहादुर खत्रीका अनुसार दुवै जना सुर्खेत घर भई हाल फिक्कल गाउँपालिका ४ खाङसाङमा काठको मिस्त्रि काम गर्दै आएका थिए ।सुनकोसीमा पौडी खेल्ने क्रममा वेपत्ता बनाएको थियो । वेपत्ताको खोजी गर्दा आज शव फेला परेको र मुचुल्काको लागि प्रहरी टोली परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

Comment here