समाचार

लकडाउनमा पनि निर्माण कार्यमा निरन्तरता

सिन्धुली, ६ जेठ २०७७

सिन्धुली विश्वब्यापी रुपमा कोरोना भाईरस कोभिड १९ ले महामारीको रुप लिएर तिब्र रुपमा फैलिरहेको छ । जसबाट नेपाल पनि अछुत रहन सकेको छैन । आजसम्म आउँदा चार सय भन्दा बढि जना संक्रमित भइसकेका छन् भने दुईको मृत्यु समेत भईसकेको छ ।

यस अवस्थालाई मध्यनजर गर्न र कोरोनाको महामारीसँग जुध्न नेपाल सरकारले देशब्यापि रुपमा लकडाउन घोषणा गरि कार्यान्वयन गरिरहेको छ । सुरुका दिनहरुमा लकडाउन एकदमै कडा रुपमा लागु गरिएको थियो देशका अत्यावश्यक कामहरु बाहेक सम्पुर्ण कार्य तथा सेवाहरु बन्द गरिएको थियो । त्यस पश्चात समग्र देशको विकास निर्माण समेतलाई ध्यानमा राखि संचालन भएका निर्माण कार्यहरु पुनःसुचारु गर्नेगरि नेपाल सरकारले गरेको निर्णय अनुसार फिक्कल गाउँपालिका वडा नं ५ जाङजाङ सिन्धुलीका स्थानिय बासिन्दाहरुले कालिका आधारभुत विद्यालयको २ कोठे ट्रस विद्यालय भवन निर्माण कार्य पुनःसुचा रु गरि निर्माण कार्यलाई निरन्तरता दिएका छन् ।

स्थानिय बासिन्दाहरुले आफ्नो काम आफैं बनाउँ भन्ने मुल उद्धेश्यका साथ रोकिएको विद्यालय भवन निर्माण कार्य पुनःसुचारु गरेका छन् । निर्माण कार्य अगाडी बढाउँदै गर्दा सामाजिक दुरी तथा सरसफाईको अवस्थालाई पनि विशेष ध्यानमा राखि कामहरु गर्दै आइरहेका छन् । जसका लागि स्थानिय बासिहरुले निर्माण स्थलमा हात धुने कुनाको निर्माण गरेका छन् ।

उहाँहरु कामको सिलसिलामा बेला बेलामा त्यस कुनामा साबुन पानीले मिची मिची हात धुने तथा सामाजिक दुरी समेत कायम गरिरहेका छन् । यसका साथै निर्माण कार्यमा बाहिरको मानिसहरु कसैलाई पनि प्रयोग गरिएको छैन । उक्त निर्माण कार्य सिड्स नेपाल सिन्धुली र वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा संचालित शिक्षा परियोजना अन्तर्गत गौरीमाई कन्ट्रक्सन प्रा.लि मार्फत निर्माण भइरहेको हो ।

यसैविच त्यस विद्यालयमा जम्मा २ वटा भवन भएको र दुबै भवनहरु अत्यन्तै जिर्ण भईसकेकाले नयाँ भवन निर्माण गर्न लागिएको हो । यस भवनको निर्माण पश्चात विद्यार्थीहरुलाई सुरक्षित ठाउँमा पढ्न पाउने अवसर हुने छ । यस समयमा सबै सरसफाईका उपायहरु र सामाजिक दुरी कायम गर्दै मास्कको पनि प्रयोग गर्दै सबै गाउँकै स्थानिय बासिन्दा मार्फत निर्माण कार्य गरिरहेको र यसले हाम्रो आफ्नै बालबालिकाहरुको शैक्षिक भविष्य उज्वल बनाउन सहयोग हुने चित्र बहादुर पुलामिले बताउनुभयो । साथै यस परियोजनाले विपदको समयमा पनि विशेष गरि दर्ता गरिएका तथा अन्य बालबालिकाहरुको स्वास्थ्य अवस्था एंव अन्य जानकारी फोनबाटै लिईराखेको र आत्मियता थपेको अभिभावक शान्तिमान मगर बताउनुहुन्छ ।

यस विद्यालय भवनबाट विद्यालयक ९० जना बालबालिकालाई प्रत्यक्ष सुविधा हुनेछ । आफ्नो गाउँमा विद्यालय भवन निर्माण कार्य भएकोमा अत्यन्तै खुसी भएको सिड्स नेपालका कार्यक्रम ब्यबस्थापक नारायण पाण्डेले जानकारी दिनुभयो ।

Comment here