समाचार

सिन्धुलीमा निषेधाज्ञा जारी, आदेशको अवहेलना गरे कारवाही हुने

सिन्धुली, ५ जेठ २०७७

सिन्धुलीमा फेरी निषेधाज्ञा थप भएको छ । आज जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक सूचना जारी गर्दै निषेधाज्ञा थप गरेको हो ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले सोमबार एक सूचना जारी गर्दै निषेधाज्ञा थप भएको सवैमा जानकारी गराईएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सोमबार राती १२ बजे देखी जेठ २० गते मंगलबार मध्यरात सम्म निषेधाज्ञा थप भएको सूचनामा उल्लेख गरिएको छ । निषेधाज्ञामा आदेशको उलंघन नगर्न आग्रह गर्दै यदि उलंघन गरिएको पाइएमा कानुन बमोजिम कारवाही हुनेछ ।

यस अवधिमा औषधी उपचार, खाद्यबस्तु खरिद जस्ता अत्यावसेक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने, स्वास्थ्यकर्मी, सूरक्षा निकायले प्रयोग गर्ने बाहेक कुनै पनि प्रकारका सार्वजनिक वा निजी यात्रुबहाक सवारी साधन सञ्चालन गर्न नपाईने सूचनामा उल्ल्ेख गरिएको छ ।

यस्तै स्वास्थ्य, सुरक्षा, खाद्यबस्तु, खानेपानी, दुध, विद्युत, दुरसञ्चार, सूचना तथा सञ्चार, फोहोरमैला व्यवस्थापन अति आवश्यक सेवासंग सम्बन्धित कर्मचारीले जिल्ला प्रशासन कार्यालयबाट अनुमति पत्र लिई सेवा सञ्चालन गर्नु पर्ने उल्लेख गरिएको छ । औषधी तथा स्वास्थ्य उपकरण, खाद्यबस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगका कर्मचारीहरु बाहेक अन्य निजी क्षेत्रका कर्मचारीहरु घरबाट बाहिर ननिस्कने, अनुमति लिई व्यवसायिहरुले औषधि र औषधी जन्य सामाग्रिहरुको नियमित आपुर्ति व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्युनिकरणका लागि नेपल सरकारबाट २०७६ साल चैत्र १० गते देखी संक्रामक रोग एने २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरि चैत्र ११ गते देखी सुरु भएको बन्दाबन्दीको समय थप भएसंगै सिन्धुलीमा पनि निषेधाज्ञा थप गरेको हो ।
यदि संत्रामक रोग ऐन २०२० अन्र्तगत जारी आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने ब्यक्तिलाई कानुन बमोजिम सजाय हुने सुचनामा उल्लेख गरिएको छ ।

Comment here