समाचार

सिन्धुलीमा आरडिटि जाँच, २० जनामा पोजेटिभ

सिन्धुली, ५ जेठ २०७७

सिन्धुलीमा कोरोना भए नभएको बारे जाँच गर्ने ¥यापिड डाइग्नोसिटक टेष्ट बाट आज १५९ जनाको स्वास्थ्य जाँच गरिएको छ । जसमा २० जनामा आरडिटि पोजेटिभ देखाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहाका अनुसार जिल्लामा फ्रन्टलाइनमा रहेर काम गर्ने कर्मचारीहरुको आरडिटि जाँच गरिएको हो । आरटिडि जाँचमा पोजेटिभ आएमा कोरोना नै हो भन्न नमिल्ने उहाँको भनाई रहेको छ । आरडिटि पोजेटिभ आउनेको पिसिआर जाँच भने अनिवार्य रहने उहाँको भनाई छ ।

यसैविच आज आरडिटि जाँच गर्दा पोजेटिभ देखाएका २० जनाको थ्रोट स्वाव संकलन गरि भोलि विहान प्रादेशिक अस्पताल हेटौडामा पठाइने सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्न राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो दुई महिला र दुई पुरुषको पनि पिसिआज पद्धतिबाट जाँच गर्न स्वाव पठाईएकोमा रिर्पोट नेगेटिभ आएको छ ।

Comment here