बागमतिसमाचार

वडा अध्यक्ष राउतको प्रयासमा किसानलाई ७० प्रतिशत अनुदानमा धानको विऊ वितरण

सिन्धुली, ५ जेठ २०७७

जिल्लाको तीनपाटन गाउँपालिका वडा नं. १ वेलघारीका अध्यक्ष गोविन्द राउतको प्रयासमा किसानलाई धानको विऊ अनुदानमा वितरण गरिएको छ ।

वडा अध्यक्ष राउतको प्रयासमा वडामा रहेका २२५ किसानलाई ७० प्रतिशत अनुदामा उन्नत जातको धानको विऊ वितरण गरिएको हो ।
आज वडाबाट ३० किलोग्रामका २५० वोरा धानको विऊ वितरण गरिएको वडाले जनाएको छ । वडा अध्यक्ष राउतले भन्नुभयो ‘कोरोना भाइरसका कारण वडामा खाद्य संकट हुन नदीन पूर्व तयारी सहित उन्नत जातको धानको विऊ वितरण गरिएको हो ।’

किसानले आवश्यक मात्रामा धानको विऊ खरिद गर्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै वडामा रहेका विपन्न किसानहरुलाई धानको विऊ वडाले ७० प्रतिशतमा उपलब्ध गराएको हो उहाँले भन्न्ुभयो ।

अहिले धानको ब्याड राख्ने समय हो । यस समयमा बजार मुल्य भन्दा ७० प्रतिशत कम मुल्यमा धानको विऊ पाउदा किसान खुसि भएका छन् । तीनपाटन गाउँपालिकाले यस अघि ५० प्रतिशत अनुदानमा धानको विऊु वितरण गर्ने निर्णय गरेको थियो । तर वेलघारीका किसानले भने वडा अध्यक्ष राउतको पहलमा ७० प्रतिशत अनुदानमा धानको विऊ पाएका छन् ।

Comment here