बागमतिसमाचार

सिन्धुलीमा सुनकोसीले बगाउदा दुई युवा वेपत्ता

सिन्धुली, ४ जेठ २०७७

यहाँको फिक्कल गाउँपालिकामा पर्ने कुइभिर भन्ने स्थानबाट दुई जनालाई सुनकोसी नदीले वगाई वेपत्ता बनाएको छ । पौडि खेल्लने क्रममा उनीहरुलाई सुनकोसी नदीले बेपत्ता बनाएको हो ।

सुनकोसी नदीले वगाई वेपत्ता हुनेमा सुर्खेत पंचकोटी नगरपालिका ७ घर भई हाल फिक्कल गाउँपालिका ४ खाङसाङमा काठको मिस्त्रि काम गर्ने १९ बर्षिय दिनेश बुढाक्षेत्री र २० बर्षिय जनक बुढाक्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । वेपत्ताको खोजी तथा उद्धारका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here