बागमतिसमाचार

सिन्धुली अस्पतालमा उच्च सर्तकता

सिन्धुली, ४ जेठ २०७७

सिन्धुली अस्पतालमा उच्च सर्तकता अप्नाईएको छ । कोरोना भाइरसको उच्च जोखिम रकेकाले अस्पतालले उच्च सर्तकता अप्नाएको हो ।
अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोख्रेलले सामाजिक सञ्चालमा अपील जारी गर्दै अनावश्यकरुपमा सिन्धुली अस्पताल प्रवेशमा रोक लागाएको जानकारी दिनु भएको छ ।

उच्च ज्वरो आएपछि कमलामाई नगरपालिकाका २० र ३२ बर्षिया दुई महिलालाई अइसोलेसनमा भर्ना गरिएको छ । उच्च ज्वरो आएपछि सिन्धुली अस्पतालमा आइसोलेसनमा राखेर उहाँहरुको उपचार गरिएको रउहाँको अनुसार दुवै महिलाको थ्रोट स्वाव संकलन गरि आइतबार प्रादेशिक अस्पताल हेटौडामा पठाईएको छ । यस्तै भारतबाट आई कमलामाईमा रहेको क्वारेन्टाइनमा बसेका २ जना पुरुषको पनि स्वाव परिक्षणका लागि पठाईएको छ ।

अपिलमा अस्पताल कोभिड–१९ को अति उच्च जोखिम रहेकोले यो स्थितिको सिर्जना गर्न हामी बाध्य भएका हौं उहाँले उल्लेख गर्नु भएको छ । आकास्मिक सेवा, सुत्केरी सेवा नियमित झैं सन्चालन हुने र नियमित औषधि सेवन कर्ताले डाक्टरको परामर्शमा औषधि लैजान सक्ने ब्यबस्था मिलाएका उहाँको भनाई छ ।

साथै हाल एक बिरामी एक कुरुवाको नियम कडाइ गरिएको जानकारी दिदै यस अवस्थामा नआत्ति र ब्यक्तिगत स्वास्थमा ध्यान दिन, भौतिक दुरी कायम गर्न सवैमा आग्रह गर्नु भएको छ ।

यस्तै चिकित्सकहरुले पनि समाजिक सञ्चालमार्फत कोरोना भाईरस बाट बच्न र बचाउन हामी स्वास्थ्यकर्मीहरुले सक्दो कोसिस गरेपनि स्वास्थ्यकर्मीको मात्रै कोसिसले नियन्त्रण गर्न सम्भव नभएको भन्दै सबै जनमानसको सहयोग चाहिएको बताएका छन् । बन्दाबन्दिमा घरमा नै बस्न र सरकारले गरेको आग्रहलाई पालना गर्न आग्रह गरिएको ।

Comment here