नेपालगञ्ज, ४ जेठ २०७७
बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । आज बिहान मृत्यु भएपछि सो क्षेत्रमा तनाव उत्पन्न भएको छ । भारतको मुम्बईबाट गत वैशाख ३० गते आएर क्वारेन्टाइनमा बसिरहेका युवकको मृत्युपछि स्थानीयले उपचार नपाउँदा उनको मृत्यु भएको भन्दै विरोध गरेको बताईएको छ ।
युवकको वान्ता लागेर बेहोस भएपछि आइतबार बिहान मृत्यु भएको थियो । नरैनापुरमा दुई दिनअघि भेटिएका ८ जना सङ्क्रमितको सम्पर्कमा आएका ती युवकको शनिबार दिउँसो स्वाब सङ्कलन गरिएको थियो । तर, सो स्वाबको परीक्षण रिपोर्ट नआउँदै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।
[…] क्वारेन्टाइनमा बसेका युवकको मृत्यु…… ४ जेष्ठ २०७७, आईतवार ०८:१६ […]