समाचार

नेपालमा कोरोनाको संक्रमणबाट एकको मृत्यु, २८१ जना संक्रमित

काठमाडौँ ३ जेठ २०७७

नेपालमा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सिन्धुपाल्चो कनिवासी २९ वर्षीय महिलाको मृत्यु भएका हो ।

यसैबीच पछिल्लो कोरोना परीक्षणमा थप मृतक महिलाबाहेक थप २ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमित दुवै धनुषानिवासी २० र ६५ वर्षीय पुरूष रहनुभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment here