बिचारराजनीति

मदन-जिवराज स्मृती दिवस

इतिहासमा कतिपय घटनाहरु यस्ता हुन्छन जस्को वास्तविक गर्वमा नै रहन्छ । केही यस्ता घटनाहरु नेपालमा पनि छन । राजदरबारमा भएको राजा बिरेन्द्रको वश विनाश, मदन भन्डारिको हत्याराको एक मात्र साची अमर लामाको हत्या लगायतका कैयन घट्ना प्रतिनिधि घट्नाहरु हुन । इतिहासले एक दिन पक्कै यी घटनाहरुको सत्य फैसला गर्ला कुर्दै जाउ । मदनले नेपालको सन्दर्भमा युगिन र माटो सुहाउदो माक्र्सवाद जनताको वहुदलिय जनबादको प्रतिपादन गरे जस्को वर्तमान सन्दर्भमा पनि उत्तिकै उचित र महत्वपूर्ण दस्तावेज रुपमा रहेको छ । ब्यक्ति हत्या गरेर बिचारको अन्त्य हुदैन बरु लाखौ मदनहरु जन्मन्छन भन्ने उदाहरण छोडेर अस्ताउनु भएको छ । आज उनका सहयात्रीहरु इतिहासमा सबैभन्दा शक्तिसाली सरकारको नेतृत्व गरिरहेका छन । स्वयं उनकै जीवन संगीनि नेपालको राष्ट्रपति जस्तो गरिमामय पदमा आसिन हुनुहुन्छ तर मदन र जिवराजको हत्या गर्वमा नै छ । उनको हत्यारा पत्ता लगाउन कस्ले रोक्यो? यस्ले प्रतिप्रश्न जन्माइरहेको छ । यधपी यो कुनै सामान्य नागरिको हत्या थिएन एउटा समाज रुपान्तरणको प्रगतिशील दस्तावेजको हत्या थियो , राजनितीक हत्या थियो । सामान्य नागरिकले सोचेको जस्तो उनका सहयात्रीहरुलाइ पदकै लोलुप्तामा गरिएको हत्या थिएन जस्तो लाग्छ । समयले एक दिन यस्को जबाफ माग्ने नै छ प्रतीक्षा गरौँ । आज म, आम जनताले सोच्ने र सोध्ने कुरा मदन नमरेको भए के हुन्थ्यो होला ? भन्ने बिषयमा केही लेखौ भन्ने लाग्यो ।

म जब मदनलाइ बुझ्थे मदन अस्ताइ सकेका थिए तर उनको बिचार नेपालको सन्दर्भमा तयार पारेको युगिन दस्तावेज जबजबाट आज विश्व टहलाइ रहेको छ । विस्वमा कम्युनिस्ट आन्दोलनमा बिचलन देखा परिरहदा नेपालमा कम्युनिस्टप्रती मोह जुन चुलिदो रुपमा छ त्यो कुनै हिचकिचाहट भन्न सकिन्छ मदनले प्रतिपादन गरेको जबजकै प्रभाव हो । यसो भनिरहदा केही साथिहरुले भन्नू होला के नेपालको कम्युनिस्ट बिचार राख्ने पार्टी जति पनि छन सबै जबज नै अंगिकार गरिरहेका छन त? स्वयं आज हिजो जबजको हिमायती बनेको पार्टी एमाले ले नि पार्टी एकता पश्चात् यो बिचार छोडेको छ नि ? एउटा कुरा घमण्डको साथ भन्छु ढिलो चाडो नेपाल कम्युनिस्ट पार्टिले टेक्ने दस्तावेज र धरातल यहि हो । र अर्को कुरा पनि के हो भने जतिपनी नेपालमा कम्युनिस्ट पार्टिको नाममा धुम मच्काउछु भनेर समाजमा जुन गतिविधि बढाइरहेका छन अन्ततः तिनिहरुले सन्तान जन्माएर नाम केही राख्लान प्रक्रिया एउटै हो भन्ने कुरा सचेत समाजलाई आभास दिलाएर नै छाड्छन ।हामिले बिगतमा देख्यौं र भोग्यौ पनि कुनै पनि हिम्सात्मक आन्दोलनले निकास दिदैन भन्ने । हजारौ आमाको काख लुटियो लाखौं चेलिको सिंदुर पुसियो, कयन टुहुरा भए तर त्यस्को विश्रामको निम्ति जुन १९ दिने शान्तिपुर्ण आन्दोलन थियो त्यस्ले एउटा युगको समाप्त नवीन युगको संखघोष गर्यो । मदन भन्डारिले भन्नू हुन्थ्यो “शान्तिपुर्ण ढंगले समाजको प्रगतिशील रुपान्तरण नै जबजको सार हो“ यहि प्रमाणित भयो । आज पार्टी एकता भएको छ २१औं शताब्दीको जनबाद र जनताको बहुदलीय जनबाद बोकेका दुई पार्टी बिच यस्मा केही समस्याहरु देखा परेका छन । पार्टी बिलय गराएर नै प्रवेश गरेको अनुभुति नहोस भन्नको खातिर नाम के जुराउने भन्ने समस्या छन तर काम त्यही नै भएको छ यस्को फैसला माहाधिवेशनले ढिलो चाडो गर्ने नै छ । छिटै नै मदन भण्डारिका दस्तावेज खोजेर पढ्नु पर्ने दिन आउँछ स्वयं प्रचण्डले नै हामिलाइ जबजको प्रशिक्षण दिने नै छन अन्यथा नमान्दा हुन्छ कुरौ । यसो भनि रहदा केही सहयात्री साथिहरुलाइ अपाच्य होला छातिमा हात राखेर भनौं त के हामिले आज गरिरहेका ब्यभारहरु त्यतातिर उन्मुख छैनन् ? जनताको जनबाद त स्विकारी नै सकेका छौं तर बहुदल“ निर्वाचनको माध्यम बाट बहुमतिय आधारमा श्रेष्टता हासिल र्गनु बहुदलीय ब्यबस्था हैन र? कि के र्गयौ हामिले? आज मदनले देखाएकै मार्गमा केही बिचलनहरु आएका छन । राज्य सत्ता संचालनको क्रममा केही लोभिपापिहरुको कारणले गर्दा मदनले भन्नू हुन्थ्यो “एउटा राजा रहनु र नरहनुले केही अर्थ राख्दैन जब हामिले हम्रा सोचहरुमा ब्यभारहरुमा परिवर्तन गर्न सकेनौ भने “ आज हाम्रो सोच , ब्यभार, आचरणले मदन मार्ग भुलेका छौँ । शक्तिका पुजारी बनेका छौँ आफ्नाले गरेको ठिक अरुके गरेको बेठिक भन्ने प्रवृत्तिको बिकास भएको छ ढोगी र भोगी कार्यकर्ता उत्पादन गर्न लागेका छौँ यस्ले हामिलाइ लगेर कहाँ जाक्छ छातिमा हात राखेर सोच्ने बेला भएको छ ।

हुनत ब्यक्ती मरेर बिचार मर्दैन र पनि आज मदन बाचिरहेको भए कम्युनिस्ट आन्दोलनको नाममा माओबादिको न्वारान हुने थिएन राजतन्त्र ब्यबस्थाको समुल अन्त्य एक ईतिहास पारी नै हुन्थ्यो त्यो पनि कुनै कोसिमका हिम्सात्मक गतिबिधी बिना नै । जनताले परिवर्तनको आभाष गरिसकेका हुन्थे । विश्वको बिकसित मुलुकमा नेपालको नाम दर्ज भइ सकेको हुन्थ्यो । यसो भनिरहदा आखिर बिचार त त्यही अंगिकार गरेको कस्ले रोक्यो भन्ने प्रश्न आउला हामिले आत्मा समीक्षा गर्नै पर्छ हामिमा बिचलन आएकै हो र पनि आज जुन श्रेष्ठता हासिल गर्यौ त्यो जबजकै उपज हो । अब इतिहासको समिक्षा गर्न बिलम्ब गर्न हुन्न बर्तमान उज्जल बनाउनु छ, भबिस्यको रेखान्कन सुन्दर कोर्नु छ । भावपूर्ण श्रद्धाञ्जली सहित श्रद्धा शुमन ।

लालबहादुर बुढाथोकी
अनेरास्ववियू केन्द्रिय शदस्य तथा
मदन भन्डारी फाउन्डेसन
सिन्धुली जिल्ला सचिव

Comment here