समाचार

उदयपुरमा एक पत्रकारमा कोरोना संक्रमण

उदयपुर, ३ जेठ २०७७

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । गाईघाटमा पत्रकारिता गर्दै आएका २५ वर्षिय युवकमा कोरोना संक्रमण भएको पुष्टी भएको छ ।

उहाँलाई शनिबार उपचारको लागि कोशी कोरोना विशेष अस्पताल विराटनगर लगिने जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन प्रसाद सुवेदीले जानकारी दिनुभयो । गत बुधबार उदयपुरका २७ जना पत्रकारको कोरोना परीक्षण गर्नलाई स्वाब संकलन गरिएको थियो ।

Comment here