समाचार

सुत्केरीको मृत्यु : कोरोनाको संक्रमण पुष्टि भएको छैन

सिन्धुली, ३ जेठ २०७७

सिन्धुपाल्चोक निवासि २९ वर्षीया महिलाको धुलीखेलमा मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु भएको भनिएता पनि यसको आधिकारीक रुपमा पुष्टी भने भएको छैन ।

सुत्केरी महिलामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटालेले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको र वैशाख २४ गते उनको नर्मल डेलिभरी भएको भएको थियो । अस्पतालबाट २५ गते डिस्चार्ज भएको र त्यसपछि सिन्धुपाल्चोक घर गएपछि ज्वरो, लगायका समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गराएको र स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि धुलीखेल अस्पतालमा उपचारका लागि जाँदै गर्दा बाटैमा मृत्यु भएको जानकारी आएको डा देवकोटाले बताउनुभयो ।

यसैविच बाह्रबिसे नगरपालिकामा लक डाउन थप कडाइ गरिएको छ । बाह्रबिसे नगरपालिका छिर्ने सिमानामा प्रहरी थप परिचालन गरिएको छ । गाउँका कसैलाई कतै जान नदिन प्रहरीले थप कार्य अघि बढाएको छ । मृतकको चालिसे गाउँमा प्रहरी परिचालन गरी घर बाहिर निस्कन नदिइने बताइएको छ ।

Comment here