समाचार

कोरोना संक्रमितको संख्या २७८ पुग्यो

सिन्धुली, ३ जेठ २०७७

नेपालमा हाल सम्म कोरोना भाइरसको संक्रमित हुनेको संख्या २७८ पुगेको छ । पछिल्लो पटक कोरोना परीक्षण रिपोर्टअनुसार थप दुई जनामा सङ्क्रमण पुष्टि भएसंगै संक्रमितको संख्या २७८ पुगेको हो ।

आज काभ्रे र महोत्तरीमा गरि थप दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए हनुसार हाल सम्म ३६ जना उपचार पछि निको भएका छन् ।

Comment here