समाचार

भिमानका १० जनाको पिसिआर जाँच गर्दा नेगेटिभ देखियो

सिन्धुली, २ जेठ २०७७

सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा संकलन गरिएको १० जनाको स्वाव परिक्षणको नतिजा नेगेटिभ आएको छ । कोरोना भाईरस संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाव संकलन गरि परिक्षण गर्न हेटौडा पठाईएकोमा कोरोना नेगेटिभ आएको हो ।

सिन्धुली अस्पतालका डा. प्रसन्न राजभण्डारीले दिएको जानकारी अनुसार स्वाव संकलन गरि हेटौडा पठाएकोमा रिपोर्ट नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ अएपनि उहाँहरुलाई क्वारेन्टाइनमा नै राखिने उहाँको भनाई रहेको छ ।

सिल गरिएका ५ घरमा रहेका १९ जना मध्ये १० जनाको स्वाव संकलन गरि जाँच गरेकोमा रिपोर्ट नेगेटिभ आएको छ उहाँले भन्नुभयो । यसपछि उहाँहरुलाई पनि निगरानीमा नै राखिने छ र फेरी आरडिटि परिक्षण गरिने उहाँले जानकारी दिनुभयो ।

काठमान्डौमा कोरोना संक्रमण पुष्टि भएकी महिलाले खाना खाएको आफन्तको घर सहित ५ घर स्थानीय प्रशासनले बुधबार सिल गरेको गरि १९ जनालाई घरमा नै बस्न आग्रह गर्दै आई रहेको छ ।

Comment here