राजनीतिसमाचार

स्थापना दिवसमा अनाथालयलाई सहयोग

सिन्धुली, १ जेठ २०७७

विद्यार्थी एकता दिवस र राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसको अवसरमा सिन्धुलीको एक अनाथलयलाई सहयोग गरिएको छ । अनेरास्ववियू सिन्धुली र नेपाल राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीले शैलशिखर अनाथलयमा खाद्यान्न तथा स्टेशनरी र लत्तकपडा वितरण गरेका हुन् ।

कोभिड १९ को महामारीको वेला सामाजिक दुरी कायम गरी अनाथलय भित्र रहेका वालवालिकालाई खान सहजताको लागी खाद्यान्न (चामल, नुन, तेल) लत्ताकपडा र नियमित एकान्तवासमा अध्ययन अभ्यासलाई सहयोगको लागी शैक्षिक सामाग्री(कपी, पेन्सिल ,कटन,इरेजर) संस्थाका अध्यक्ष बिष्णु प्रसाद देवकोटालाई प्रदान गरिएको छ ।

कार्यक्रममा नेकपा सचिव प्रदिप कटुवाल नेकपा नेता महेन्द्रदेव श्रेष्ठ, ज्वाला प्रसाद न्यौपाने(पुकार), र विद्यार्थीका पूर्व अध्यक्ष र अनेरास्ववियूका केन्द्रिय सदस्य टिकाजंग थााप, उत्तम पहाडी, दिपेश वराल, लाल बहादुर बुढाथोकी, जिल्ला संयोजक गोकर्ण भुजेल, सह–संयोजक भानुभक्त श्रेष्ठ तथा राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीका संयोजक अविरल मगर, सह–संयोजक देवराज वाइवा लगाएत दुवै संगठनका जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।

२०१७ साल पौष १ गतेको शाही ‘कू’ ले जनताका सीमित अधिकारलाई कुण्ठित गरेपछि फेडरेशन भूमिगत हुन बाध्य भएको थियो । २०१८ मा फेडरेशनको बैठक बसी स्ववियूको नारालाई अगाडि ल्याउने निर्णय गरेको थियो जस अनुसार २०२१ सालमा उपत्यकाव्यापी अन्तरकलेज विद्यार्थी सम्मेलन सम्पन्न भएको थियो अनेरास्ववियु सिन्धुलीका सह–संयोजक भानुभक्त श्रेष्ठले भन्नुभयो ।

उहाँले भन्नुभयो ‘उक्त सम्मेलनले असमान सन्धिहरुको विरोध, गोर्खा भर्तिकेन्द्रको खारेजीको माग, बन्दी विद्यार्थीहरुको रिहाई तथा स्ववियूको पूनर्वहालीजस्ता मागहरु राख्दै निर्णयहरु पारीत ग¥यो । सम्मेलन भएको खुशीयालीमा जेठ १ गते विद्यार्थीहरुले विशाल जुलुश निकाले । उक्त प्रर्दशनमा सरकारले जंगली आक्रमण ग¥यो ।’

आक्रमणको विरोधमा उपत्यकाव्यापी हड्ताल भयो र सरकार विद्यार्थीहरुसँग सम्झौता गर्न बाध्य भयो । यही विजय भएको दिनलाई हामी विद्यार्थीको एकता र विजयको दिनको रुपमा तथा संगठन स्थापनाको रुपमा मनाउँदै आएको अनेरास्ववियु सिन्धुलीका सह–संयोजक भानुभक्त श्रेष्ठले भन्नुभयो ।

Comment here