समाचार

जय बागवानी कृषी सहकारीका सञ्चालक धरौटीमा छुटे

सिन्धुली, १ जेठ २०७७

सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटामा रहेको जय बागवानी कृषी सहकारी संस्था लिमिटेडका अध्यक्ष डुकेन्द्र दाहाल धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलिबाट एक लाख सतरी हजार धरौटी तिरि छुटेका हुन् ।

दाहालले जिल्लाका किसानलाई विक्रि गर्न ल्याएको युरिया मल जिल्लाका किसानलाई विक्रि नगरि रामेछापमा मल पठाउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

मल खाध र बिभिन्न किटनाशक र किटनाशक औषधीहरुको मुल्य बृद्धी गराई कालोबजारी गरेकोले दाहाललाई पक्राउ गरएको र बैशाख ३१ गते जिल्ला प्रशासन कार्यालय सिन्धुलिबाट एक लाख सतरी हजारधरौटी तिरि छुटेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बैशाख २४ गते प्रहरीले गोदामबाट मल नियम विपरित विक्रि गर्न लागिएको अवस्थामा बरामद गरि उहाँलाई पक्राउ गरेको थियो ।

Comment here