समाचार

घाँस काट्न गएकी महिलाको मृत्यु

सिन्धुली, १ जेठ २०७७

सिन्धुलीको गोलन्जोर गाउँपालिका २ निवासि अन्दाजि २२ बर्षिय सरिता नेपालीको भिरबाट लडेर मृत्यु भएको छ । आज दिउँसो घाँस काट्न जाँदा झगरे छाँगाभिर सरिताको पाखामा लडेर मृत्यु भएको हो ।

सरितासंगै घाँस काट्न गएका साथीहरुले उनी लडेको थाहा पाएपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रंहरी कार्यालय सिन्धुलीले जनाएको छ । अहिले प्रहरी घटना स्थलमा पुगी आवश्यक अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here