समाचार

कोरोना संक्रमितले खाना खाएको घरसंगै छिमेकीका घर पनि सिल

सिन्धुली, ३१ बैशाख २०७७

सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा आज स्थानीय प्रशासनले तीन घर सिल गरेको छ । काठमाडौमा कोरोना संक्रमितले सिन्धुलीमा आफन्तकोमा खाना खाएको पुस्टी भएपछि उक्त घर सिल गरिएको हो ।

सुनसरीको एक महिलाले सिन्धुलीमा खाना खाएर काठमाडौं गएको र उहाँको स्वास्थ्य जाँच गर्दा कोरोना भएको भेटिएपछि उक्त घर सिल गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

खाना खाएको घर र दुई छिमेकी घर पनि सिल गरिएको र १९ जनालाई होम क्वारेन्टाइनमा राखिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो उहाँहरु घर बाहिर निक्लेर हिड्न पाउनु हुन्न् । कोरोना पुष्टि भएकी महिलाले खाना खाएर गएको घरका ६ जना परिवार र उनीहरुका छिमेकी गरी १९ जनालाई होम क्वा रेन्टाईनमा राखी निगरानी बढाईएको उहाँको भनाई रहेको छ । सवैलाई कम्तिमा पनि १४ दिन क्वारेन्टाइनमा राखेर निगरानी गरिने छ ।

Comment here