समाचार

कोरोना नियन्त्रण गर्न टोल-टोलमा स्वयंमसेवक टिम बनाईने

सिन्धुली, ३१ बैशाख २०७७

सिन्धुलीका सवै स्थानीय तहका टोल टोलमा स्वंयमसेवक टिम बनाईने भएको छ । कोरोना भाइरस (कोभिड–१९ ) को रोकथाम तथा नियन्त्रणका लागि यस्तो टिम बनाईन लागिएको हो ।

आज सिन्धुलीमा बसेको सर्वपक्षि सर्वदलिय बैठकले स्थानीय तहहरुमा कोरोना नियन्त्रणसंग सम्बन्धित विषयमा जनचेतना जगाउने उद्धेश्यले यस्तो टिम बनाउने निर्णय गरेको हो ।

कोरोना भाइरस परिक्षणका लागि आरडिटि र भिटिएम लगाएतका आवश्यक पर्ने अन्य स्वास्थ्य सामाग्रीको अभाव भएकाले आपूर्ती व्यवस्थापनका लागि सम्बन्धित निकायसंग पहल गर्ने निर्णय गरेको प्रशासकिय अधिकृत उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
साथै बैठकले छिमेकी जिल्लाबाट यस जिल्लामा हुने मानिसहरुको आवगमनलाई पुर्ण रुपमा निरुत्साहित गर्ने र यसका लागि सुरक्षाकर्मीहरुका साथै सम्बन्धित स्थानीय तहबाट समेत विशेष पहल गर्ने निर्ण भएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकमा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि, सरोकारवालाहरुको उपस्थितीतमा सर्वदलिय तथा सर्व पक्षिय बैठक बसेको थियो ।

Comment here