समाचार

बालक नै ट्याक्टर चालक

बासु मैनाली

सिन्धुली, ३१ बैशाख २०७७

सिन्धुलीको मरिण गाउँपालिकामा सवारी चालक अनुमति पत्र विना ट्याक्टर चलाउने क्रम बढ्दो रुपमा रहेको छ । इलाका प्रहरी कार्यालय कपिलाकाटेले मंगलबार सवारी चालक अनुमति पत्र विना ट्याक्टर चलाउने दुई जनालाई कारवाही गरेको छ ।

अन्दाजी १४ बर्ष उमेर समुहका दुई जनालाई प्रहरीले रोकी सम्झाई घर पठाएको छ । सवारीधनीलाई भने सवारी ऐन अनुसार कारवाही गर्ने बताईएको छ । प्रहरीले रोक्ने र सवारी धनीले चलाउन दिने यो दोहोरी चलि रहेको छ ।

मरिणमा देखिएको यो प्रतिनिधि मुलक उदाहरण मात्र हो । जिल्लामा सवारी चालक अनुमति पत्र विना सवारी चलाउनेको संख्या धेरै छ । प्रहरीले ऐन अनुसार कारवाही गर्दै आएको छ । तर केही ट्याक्टर धनीहरुले कम तलवमा कम उमेरका बालकलाई सवारी चालक भने बनाउदै आएका छन् ।

यस्ता क्रियाकलापले दुर्घटनाको समेत जोखिम बढाएको छ । यस्तो गर्दा ट्याक्टर चालक, सवारी धनी र सडकमा यात्र गर्ने पैदल यात्रु सवै जोमिमा रहन्छन् । तर सवारी धनि भने प्रहरीको आँखा छल्न पाए मख्ख छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सवारी चालक अनुमति पत्र विना सवारी चलाउने उपर कारवाही गर्दै आएको छ । कार्यालय प्रमुख कृष्णबहादुर क्षेत्रीले लाइसेन्स विना सवारी चालाउने र सवारी चलाउन दिने दुवैलाई ऐन अनुसार कारवाही गर्दै आएको बताउनुभयो ।
कम उमेरका बालकलाई यसरी श्रममा लगाउनु कानुनत मिल्दैन । बालश्रम अनुसार बालबालिकालाई श्रमिकको रुपमा काममा लगाएमा एक वर्षसम्म कैद वा पचास हजार जरिवाना वा दुवै सजाय हुनेछ । तर सिन्धुलीमा अहिले सम्म कारवाही हुन सकेको छैन् ।

बालबालीकालाई यस्तो प्रकारको श्रममा लगाउनु हुदैन भन्दै धेरै गैर सरकारी संस्थाले कार्यक्रम त गरे त्यो सवै वालुवामा पानी भएको छ ।

Comment here