समाचार

सिन्धुलीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुली ३० बैशाख २०७७

सिन्धुलीमा बोलेरोको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । बोलेरोको ठक्करबाट कमलामाई नगरपालिका ८ डुमरीया बस्ने अन्दाजि ५२ बर्षिय रणबहादुर सुनुवारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारी अनुसार विपि राजमार्ग हुदै काठमाण्डौबाट झापा तर्फ जाँदै गरेको मे १ ज १५४३ नम्बरको बोलोरोले रणबहादुरलाई ठक्कर दिएको थियो । बोलेरोको ठक्करबाट घाइते भएका रणबहादुरलाई उपचारको लागि सिन्धुली अस्पतालामा ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here