जीवन सैलीसमाचार

विरामीको उपचार संगै सामाजिक सेवामा डा.अभिषेक

सिन्धुली, ३० बैशाख २०७७

यतिवेला कोरोना भाइरसले सवैलाई सताई रहेको छ र त्रसित समेत बनाई रहेको छ । यसवेला स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा व्यस्त रहेका छन् । यसका साथ साथै उच्च सवाधानीका साथ विरामीको उपचार गर्नु पर्ने स्वास्थ्यकर्मीको अवस्था छ ।

तर सिन्धुली अस्पतालमा कार्यरत डा.अभिषेक भण्डारी विरामीको उपचार सेवासंगै सामाजिक सेवामा समेत सक्रियता देखाउनु भएको छ । उहाँले आज आफ्नो ३२ औ जन्म दिनको अवसरमा एक अनाथलयका बालबालिकाको स्वास्थ्य जाँच गर्नु भएको छ ।

डा.भण्डारीले कमलामाई नगरपालिका ४ ढुङग्रेबासमा रहेको शैलशिखर अनाथलयमा आश्रित १० जना बालबालिकाको स्वास्थ्य जाँच र परामर्श गर्नु भएको छ । बालबालिकाको लागि स्वास्थ्य परीक्षण र परामर्श तथा औषधी लगायतका खाद्यन्न सामग्रीहरू उपलब्ध गराई सहयोग गर्नु भएको अनाथलयका बिष्णु देवकोटाले जानकारी दिनुभयो । डा. भण्डारी सिन्धुली अस्पतालमा कार्यरत बरिष्ठ छाती, पेट, मुटु, मिर्गौला रोग विशेषज्ञ हुनुहुन्छ ।

Comment here