राजनीति

सिमामा राजनैतिक र प्रशासनिक उपस्थिती गराउन सांसद पहाडीको माग

सिन्धुली, २९ बैशाख २०७७

प्रतिनिधि सभा सदस्य गणेशकुमार पहाडीले भारतले अतिक्रमण गरेको नेपाली भूमीमा राजनीतिक र प्रशासनिक उपस्थिती गराउन आग्रह गर्नु भएको छ । प्रतिनिधि सभामाको शुन्य समयमा आज बोल्नु हुदै पहाडीले यस्तो आग्रह गर्नुभएको हो ।

संबोधनमा उहाँले भन्नुभयो ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सम्पुर्ण भू–भाग नेपालको रहेको कुरा ऐतिहासिक तथ्य र प्रमाणले प्रमाणित गरि सकेको छ ।’ सन् १८१६ को सुगौली सन्धस्ले स्पस्ट गरेको लिपियाधुराबाट निस्कने महाकाली नदी भएकोले सो पुर्वको ४७२ किलोमिटन नेपाली भू–भाग भारतले अतिक्रमण गरि आफ्नो राजनैतिक र प्रशासनिक नियन्त्रणमा राखेकोले उक्त भू–भाग फिर्ता लिइ नेपालको राजनीतिक र प्रशासनिक उपस्थिती कायम गराउनको लागि आग्रह गर्नुभयो । उहाँले भारत सरकारसंग तत्काल बार्ता गरि कालापानी क्षेत्रमा निर्माणाधिन सडकको काम रोक्नको लागि सभामुख मार्फत नेपाल सरकारको ध्यानकर्षण समेत गराउनु भएको थियो ।

Comment here