बागमतिसमाचार

लकडाउनका कारण रोजगारी गुमाएकालाई काम दिन्छौ : अध्यक्ष बोहोरा

सिन्धुली, २९ बैशाख २०७७

सिन्धुलीको सुनकोसी गाउँपालिकाले दैनिकब ज्याल मजदुरी गर्नेहरुलाई काम दिने भएको छ । लकडाउनका कारण यस्ता व्यक्तिहरुको रोजगारी गुम्दा दैनिकि चलाउन समस्या भएको भन्दै काम दिने भएको हो ।

गाउँपालिकाका अध्यक्ष दिपा बोहोराले काम गर्न चाहाने त्यस्ता व्यक्तिहरुले वडामा सम्पर्क गर्न सक्ने बताउनुभयो । तर नेपाल सरकार तथा अन्तराष्ट्रिय सरकारी सेवाको करार वा स्थायी प्रकृतिको रोजगार, पेन्सन लिइ रहेका, समामाजिक सुरक्षा प्राप्त गर्ने ब्यक्ति, सामाजिक रुपमा प्रतिष्ठित तथा आर्थिक रुपमा सम्पन्न व्यक्तिहरुले भने यस कार्यक्रममा सहभागी हुन पाउने छैनन् ।

यस कार्यक्रम सञ्चालन गर्दा दैनिक ज्यालादारी काम गरी दैनिकी चलाउने अति विपन्न परिवारका लागि यस्ले राहत पुग्ने उहाँको भनाई छ । सहभागिहरुलाई प्रचलित ज्याला दररेट बमोजिम अदक्ष कामदारले प्राप्त गर्ने न्यूनतम तीन दिन वरावरको पारिश्रमिक कायम गरि सो बराबर हुन आउने राहात सामाग्री (जिन्सी) दिईने छ ।

गाउकार्यपालिकाको बैठकले त्यस्ता व्यक्तिहरुलाई कहाँ र कुन विकास निर्माणको कार्यमा खटाउने भन्ने निर्णय गर्ने र त्यस अनुसार काम दिईने उहाँले जानकारी दिनुभयो । बैशाख ३१ गते सम्म नामावली संकलन गर्ने र त्यस पछि काम दिईने उहाँको भनाई छ । गाउँपालिकाले असक्तहरुको हकमा भने वडा कार्यालय तथा गाउँपालिकाको समन्वयमा आएकाहरुलाई तत्कालै राहत उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।

 

Comment here