आर्थिकसमाचार

जुनारमा प्रोटिन वेट स्प्रे सूरु

सिन्धुली, २८ बैशाख २०७७

यहाँको जुनारमा किराको प्रकोप न्युनीकरणका लागि स्प्रेकर्ता परिचालन गरिएको छ । प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईले जुनारमा प्रोटिन वेट स्प्रे गर्न स्प्रे कर्ता परिचालन गरेको हो ।

ब्याक्टोसेरा मिन्याक्सले जुनारका फलहरु पनि कुहाउ ने भएकाले नियन्त्रणका लागि विषदी प्रभावकारी भएको भन्दै यस बर्ष पनि स्प्रे सुरु गरिएको सुपरजोन कार्यान्वयन इकाईका बरिष्ठ कृषि अधिकृत देवराज अधिकारीले जानकारी दिनुभयो ।

अहिले जमिनमुनी रहेका जुनार फललाई कुहाउने औंसा पर्ने झिँगा चाइनिज सिट्रस फ्लाइ रहेको र फुल पार्न बयस्क हुन जमिनमाट निस्कने समय हो । त्यस किरालाई फुल पार्न प्रोटिनको आवश्यकता पर्दछ, जुनार किसानले प्रयोग गरेको प्रोटिनवेटमा प्रोटिन तत्व संगै विषादि पनि रहने भएकाले किरा मर्दछ किरालाई अन्तीम खाना प्रोनिवेट नै हुने उहाँको भनाई छ । उहाँका अनुसार अरु बिषदी पातको माथिल्लो भागमा स्प्रे गरिन्छ भने प्रोटिनवेट पातको तल्लो भागमा स्प्रे गरिनेछ ।

सुनकोसी गाउँपालिका ७ मझुवामा स्प्रे गरिएको कार्यालयका प्रमुख देवराज अधिकारीले जनकारी दिनुभयो । क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रमको बिधि अनुसार फलेका ३ बोट मध्ये १ बोटमा प्रोटिन वेट छर्ने गरिन्छ उहाँले भन्नुभयो । जुनारको बोटमा निश्चित ठाउँमा चिन्ह लगाई एक भाग प्रोटिन बेटमा दुई भाग पानी मिसाई तयारी प्रोटिन बेटको घोल स्पोट एप्लिकेशन बिधि अनुसार हप्ताको १ पटक जम्मा १० पटक स्प्रे गरिने उहाँको भनाई छ ।

Comment here