समाचार

११ जना पाकिस्तानि नागरिकलाई सिन्धुलीबाट फिर्ता पठाइयो

सिन्धुली, २७ बैशाख २०७७

सिन्धुलीबाट आज ११ जना पाकिस्तानि नागरि फिर्ता पठाईएको छ । सुनसरीबाट सिन्धुली हुदै काठमाण्डौ हिडेका पाकिस्तानी नागरिकलाई प्रहरीले सुनसरी नै फिर्ता पठाएको हो ।

सुनसरीबाट सवारी पास लिएर काठमाण्डौ हिडेका पाकिस्तानि नागरिकलाई भिमान चेकपोष्टमा चेकजाँच गरिएको थियो । ती नागरिकलाई माइक्रोबस मार्फत काठमाण्डौ जान दिन प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको समन्वयमा जान दिईएको थियो ।

भिमानमा चेकजाँच गर्दा सुनसरीमा १६ दिन क्वारेन्टाइनमा बसेको प्रमाण पत्र, पिसिआर लगाएतका कोरोना जाँच गर्दा नतिजा कोरोना पुष्टि नभएका स्वास्थ्य जाँच प्रमाण पत्र लगाएत सवै आवश्यक कागजात पुरा भएपछि भिमान चेक पोष्टबाट उहाँहरुलाई काठमाण्डौ जान दिईएको थियो । भिमानमा चेकजाँच गर्दा आवश्यक प्रक्रिया सवै पुरा भएको पाईएपछि समन्वयमा नै छाडिएको शसस्त्र प्रहरी वल वेस क्याम्प सिन्धुलीका शसस्त्र प्रहरी नायव उपरीक्षक गोपी भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार हायसमा स्वदेश फिर्ता जाने भन्दै ११ जना पाकिस्तानी नागरिक काठमाण्डौ हिडेका थिए ।

विपि राजमार्ग अन्र्तगत सिन्धुली कै सुनकोसी गाउँपालिका बाट जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भने उहाँहरुलाई पुनः सुनसरी नै फिर्ता पठाएको छ ।

Comment here