बागमतिसमाचार

सिन्धुलीमा खाद्यान्न, दुध तथा तरकारी पसल सञ्चालनको समय घट्यो

सिन्धुली, २६ बैशाख २०७७

सिन्धुली जिल्लामा अत्यावसेक सेवाका पसलहरु अव विहान ७ बजे देखी विहान १० बजे सम्म मात्र सञ्चालन गर्नु पर्ने भएको छ । आज जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बसेको सर्वदलिय सर्व पक्षिय बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि पसल सञ्चालनको समय सिमा घटाईएको जिल्ला प्रंशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत भिम बहादुर बस्नेतले जानकारी दिनुभयो ।

यस अघि विहान ६ बजे देखी विहान ११ बजे सम्म अत्यावसेक सेवाका खाद्यान्न, दुध तथा तरकारीका पसल सञ्चालन हुदै आएको थियो ।
यस्तै बैठकले सिन्धुली जिल्लामा तराईका जिल्ला तथा अन्य स्थानबाट सिन्धुली जिल्लाका लागि जिउँदो माछा, अण्डा र कुखुराको चल्ला आयातमा रोक लगाएकोमा बैशाख १६ गतेको संकट व्यवस्थापन केन्द्रको बैठकले आयातमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णयलाई अनुमोदन गरेको उहाँले जानकारी दिनुभयो ।

यस्तै जिल्ला भित्र सञ्चालन हुने महत्वपूर्ण आयोजनाहरुको लागि आवश्यक पर्ने निर्माण सामाग्रिहरुको सहजताका लागि सम्बन्धित स्थानीय तहले सिफारिस गरेका निर्माण सामाग्री सप्लायर्सहरुलाई निर्माण सामाग्रीको ढुवानी गर्न दिन जिल्ला प्रशासन कार्यालय सिन्धुलीले अनुमति दिने निर्णय भएको प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिनुभयो ।

Comment here