समाचार

सिन्धुलीमा हुरी बतासले दर्जनौ घरको छाना उडायो

सिन्धुली, २५ बैशाख २०७७

सिन्धुलीमा आज आएको हुरी बतासले दर्जनौ घरमा क्षती पु¥याएको छ भने कृषि क्षेत्रमा समेत क्षति गरेको छ ।
हुरीले हाल सम्म कमलामाई नगरपालिका, दुधौली नगरपालिका र गोलन्जोर गाउँपालिकाबाट क्षतीको विवरण आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार हाल सम्म गोलन्जोर गाउँपालिकामा ५८ घर, १ गोठ, ११ वटा टनेला र एक वटा स्क्रिनहाउसमा क्षती पुगेको छ ।

यस्तै कमलामाई नगरपालिकामा एउटा घरमा क्षती पुगेको छ । दुधौलि नगरपालिकामा पनि ८ घरमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पानी सङ्गै आएको हुरी बतासका कारण घरहरुको छाना उडाएको छ । हावाहुरीबाट मानबिय तथा चौपाय क्षति नभएको र घटनास्थलमा प्रहरी पुगि क्षतिको बिबरण संकलन भै रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यसका साथै किसानले लगाएको मकै लगाएत तरकारी र फलफुलमा समेत हुरी बतासले क्षती गरेको छ ।

Comment here