समाचार

जिल्ला प्रशासन कार्यालय सिन्धुली बाट इ–पासको व्यवस्था (इ–पास लिन के गर्ने ? यहाँ हेर्नुहोस )

सिन्धुली, २५ बैशाख २०७७

लकडाउन(बन्दाबन्दी) को अवस्थामा आवतजावत गर्ने सवारी साधनका लागि जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले अब अनलाइनबाटै अनुमति (ई–पास) दिने भएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणविरुद्ध लड्न सरकारले लकडाउन आह्वान गरेसँगै जिल्ला प्रशासन कार्यालय, सिन्धुलीमै उपस्थित भएर सवारी पास दिईरहँदा यस्तो पास वितरण प्रणालीले चाप र जोखिम दुवै बढ्ने भएसँगै अनलाइनबाटै ई–पास वितरण गर्ने व्यवस्था मिलाएको हो ।

अत्यावश्यक रूपमा कसैलाई सवारी पास चाहिएमा अब उप्रान्त ई–पासको व्यवस्था मिलाइएको प्रशासकिय अधिकृत भिमबहादुर बस्नेतले जानकारी दिनुभयो ।

यस्तो पास लिन आवेद्कले मोबाइलको म्यासेज बक्समा गएर १११२ मा ABC  वा १२३ लेखी एसएमएस गर्नुपर्नेछ । प्रशासकिय अधिकृत बस्नेतका अनुसार सएमएस पछि https://epass.moha.gov.np  लिंक  उपलब्ध हुने र इच्छुकले उक्त लिंक खोली त्यहाँ उल्लेखित विवरण भर्नुपर्ने छ ।

पासका लागि प्राप्त अनलाइन दरखास्त अध्ययनपछि यसबारे निर्णय गर्ने उहाँको भनाई छ । प्रशासनले त्यसको जानकारी मोवाइलमा एसएमएस मार्फत पठाउने छ । पास वितरणलाई प्रभावकारी र चुस्त बनाइएको उल्लेख गर्दै प्रशासनले अनावश्यक रूपमा आवेदन नदिन सबैमा आग्रह गरेको छ । साथै प्रशासन कार्यालयबाट पास वितरण भए नभएको बारे एकिन गर्न V (space) pass code टाइप गरि १११२ मा एसएमएस गर्न सकिन्छ ।

Comment here