आर्थिक

व्यवसायिलाई कमलामाईले भन्यो चार दिन भित्र तरकारीेको खरिद दररेट ल्याउ

सिन्धुली, २५ बैशाख २०७७

कमलामाई नगरपालिका क्षेत्रमा तरकारी विक्रि वितरण गर्दै आई रहेका व्यवसायिहरुलाई आज उस्ले छलफलमा बोलाएको छ ।
सस्तोमा तरकारी खरिद गरि  महंगो मुल्यमा विक्रि वितरण गरेको भन्ने उपभोक्ताबाट गुनासो आएपछि कमलामाईले छलफल गरेको हो ।

कमलामाई नगरपालिकाका तरकारी व्यापारीहरुले स्थानिय उत्पादन र वाहिरी क्षेत्रवाट उत्पादन भएका तरकारीहरु सस्तो मुल्यमा खरिद गरि महँगो मुल्यमा बिक्रिवितरण गर्ने गरेको भनि जनमानसवाट गुनासो आएपछि  तरकारी बिक्रीवितरण गर्ने व्यापारीसंग नगर प्रमुख खड्गबहादुर खत्री, उपमुख मञ्जु देवकोटा लगायतको उपस्थितिमा छलफल गरिएको थियो ।

तरकारी बिक्रीवितरणमा एकरुपता ल्याउनको लागि छलफल गर्दै तरकारी व्यापारीहरुले कमलामाईलाई तरकारीको खरिद मुल्यको दररेट ४ दिन भित्र उपलब्ध गराउने निर्णय भएको छ । साथै उक्त दररेटका आधारमा कमलामाईले सरकारी दररेटसङ मुल्यांकन गरि स्थानीय दररेट निर्माण गर्ने र सोहि अनुसार तरकारी बिक्रीवितरण गर्ने सहमति भएको कमलामाई नगरपालिका सिन्धुलीले जनाएको छ ।

Comment here