बागमतिसमाचारसहकारी

सिन्धुलीमा एक सहकारीको रासायनिक मलको गोदाम सिल

सिन्धुली, २४ बैशाख २०७७

यतिवेला किसानले रासायिनिक मल नपाएको भन्ने किसानको गुनासो व्यापक रहेको छ । तर सहकारीले राासयिनिक मल भण्डारण गरेर पनि किसानलाई वितरण नगर्ने सहकारीको गोदाममा स्थानीइ प्रशासनले सिल गरेको छ ।

जय भगवती कृषि सहकारी संस्थाले युरिया डिएपी लगाएतका मल ल्याई विक्री वितरण गर्दै आएको थियो । तर विरगञ्जबाट साल्ट टे«डिङ कम्पनीबाट ल्याएको रासायिनिक मल किसानलाई सहज र सुलभ मुल्यमा विक्रि नगरेको गुनासो बढ्पछि स्थानीय प्रशासनले सिल गरेको हो ।
किसानले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा रासायिनिक मल नपाएको, बढी मुल्यमा विक्रि गरेको गुनासो गेरका थिए । गुनासो बढेपछि सहकारी छापा मारेको र सहकारीको गोदाम सिल गरिएको छ ।

सहकारीका कर्मचारी सुवर्णराज न्यौपानले गए राती आएको २ गाडी मल वितरण हुने क्रममा प्रशासनले छापा मारेको बताउनुभयो । सहकारीले सहजताका साथ मल वितरण गरि रहेको भन्दै उहाँले फसाउनका लागि नियोजित तरिकाले प्रशासनमा उजुरी हालेको बताउनुभयो ।
रासायिनिक मल लिएर आएका ३ वटा सवारी साधनको मल समेत नियन्त्रणमा लिएको छ । सहकारी मार्फत रामेछाप पठाउन थालिएको ५५ बोरा मल पनि बरामद गरिएको छ ।

Comment here