समाचार

कोरोनाको संक्रमित ९९ पुग्यो, जेठ ५ सम्म लकडाउन थप

काठमाण्डौ, २४ बैशाख २०७७

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या ९९ पुगेको छ । थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै हाल सम्म ९९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित हुनेमा एक जना दुई महिने शिशु पनि रहेका छन् । आज वीरगञ्जका संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।

यता कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले लकडाउनको समय थप गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चैत्र ११ देखि जारी भएको लकडाउन जेठ ५ गते सम्म लम्याउने निर्णय गरेको हो ।

Comment here