बागमतिसमाचार

मरिणमा ३ बालबालीका सहित १८ जना क्वारेन्टाइनमा

बासु मैनाली

सिन्धुली, २४ बैशाख २०७७

मरिण गाउँपालिकाले आज १८ जनालाई उद्धार पछि क्वारेन्टाइनमा राखेको छ । रौतहटमा इट्टाभट्टामा काम गर्ने मजदुरहरुलाई उद्धार गरी क्वारेन्टाइनमा राखेको हो ।

मरिण गाउँपालिका ७ भुँडीफोराका ३ बालबालीका सहित १८ जनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो । हरिहरपुरगढी गाउँपालिका हुदै मरिणमा आफ्नो घरमा आउदै गरेका उनीहरुलाई हरिहरपुरगढी गाउँपालिकाको बखफरबाट उद्धार गरि आज क्वारेन्टाइनमा राखिएको उहाँले जानकारी दिनुभयो ।

अहिले कपिलाकोटमा रहेको मरिण बहुमुखी क्याम्पसमा उहाँहरुलाई क्वारेन्टाइनमा राखिएको छ । सामान्य चेकजाँच पछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । अध्यक्ष बम्जनले भन्नुभयो ‘रौतहटमा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो त्यसैले उहाँहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।’

रौतहटमा इट्टाभट्टामा काम गरि फर्केका मरिण गाउँपालिका जनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो । उनीहरु रौतहटमा इट्टाभट्टामा मजदुरी गर्नेहरु हुन् । बन्दाबन्दिको समयमा समस्यामा परेपछि उनीहरु घर आउदै थिए ।
उनीहरुको सामान्य स्वास्थ्य परिक्षण गरेपछि मात्र क्वारेन्टाइनमा राखिएको उहाँको भनाई रहेको छ । उनीहरु हरिहरपुरगढी गाउँपालिका वखफर हुदै आएमा गए राती क्वारेन्टाइनमा राखेर आज मरिण गाउँपालिकाले उद्धार गरि गाउँपालिकाले

Comment here